१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर १९ मंगलबार १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव, सहयोगका लागि परिवारको याचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १६:४४:oo

कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि हुम्लाकी एक महिला काठमाडौंस्थित वीर अस्पतालमै थला परेकी छिन्।

कलेजाे प्रत्यारोपण गर्न झन्डै ३५ लाख खर्च हुने भएपछि हुम्लाको ताजाकोट गाउँपालिका– ४ की  ४७ वर्षीया छप्पकला ढकाल महिनौँदेखि अस्पतालको बेडमै छिन्।

महिनौँदेखि अस्पतालको बेडमा भए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार सुरु गर्न नसकेको छप्पकलाका श्रीमान् नन्दप्रसाद जैसीले गुनासो गरे। श्रीमतीलाई बचाउन ३५ लाख लाग्ने भन्दै उनले आर्थिक सहयोगका लागि याचना गरेका छन्।

‘यति ठूलो रकम कहाँबाट जुटाउनु ? गरिबको मर्नुबाहेक विकल्प छैन रहेछ,’ अस्पतालबाट उनले दुःख सुनाए। उपचारमा सहयोग गर्न चाहनेले ताजाकोट गाउँपालिकाको छपेलास्थित ग्लोबल आइएमई बैंकमा नन्दप्रसाद जैसीकाे नाममा रहेकाे खाता नम्बर २७४०७०१०००११३० मा रकम जम्मा गर्न नन्दप्रसादले आग्रह गरेका छन्। थप जानकारीका लागि माेबाइल नम्बर ९८४८३१७२५९ मा सम्पर्क गर्न उनकाे आग्रह छ।