Skip This
विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
२o८o मङ्सिर १८ सोमबार २o:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार २o:२२:oo

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनू भनेको छ।

अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो।

‘यो पक्राउ पुर्जीको सूचना प्रकाशित भएका मितिले बाटोकाे म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित तपाईं आफैँ उपस्थित हुनुहोला,’ उक्त पक्राउ पुर्जीमा भनिएको छ, ‘तपाईंहरूले म्याद गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुनेछ, पछि तपाईंको उजुरबाजुर लाग्नेछैन।’

अदालतको विसं २०८० मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गर्न दिएको आदेशअनुसार सूचना प्रकाशित गरिएको बताइएको छ। 

२०७६ असोज ९ गते निजहरूमाथि राज्यविरुद्धको मुद्दा दायर भएको थियो। निजहरूले संघीय एकाइबीच तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पारेर राज्यविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ। प्रहरीले निजहरू फरार भएको भनेपछि अदालतले ३५ दिनभित्र पक्राउ पुर्जी जारी गर्न आदेश गरेको थियो। 

सोही आदेशानुसार जिल्ला अदालत काठमाडौं प्रशासन शाखाले आज उक्त सूचना जारी गरेको हो। (रासस)