१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५७:oo

प्रभु क्यापिटलका हितग्राही ग्राहकले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरमा छुट पाउने भएका छन् । क्यापिटलका ग्राहकलाई छुट दिने सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र मेरिना इन्पेक्सका प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले मेरिना इम्पेक्सबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने जनाइएको छ । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आइडी कार्ड प्रस्तुत गर्नुपर्ने जनाइएको छ । यो सुविधा मेरिना इम्पेक्सका बागबजार, न्युरोड, गाबाल, सामाखुसीमा रहेका चारवटा आउटलेटमार्फत लिन सकिने उल्लेख छ । यो सुविधा दुई वर्षसम्म प्राप्त हुने सम्झौतामा उल्लेख छ ।  

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत गौचनले प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकका लागि प्रभावकारी रूपमा मर्चेन्ट बैंकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन यस प्रकारको व्यावसायिक सम्झौता गरेको बताए ।

ad
ad