१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आइटिएफ जे-३० टेनिस प्रतियोगिता : पुरुषतर्फ एलेक्सी र महिलातर्फ उता आसाकुरालाई उपाधि    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५१:oo

एलेक्सी सिभायव र उता आसाकुराले आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० टेनिस प्रतियोगिताको पहिलो सर्किटअन्तर्गत क्रमश: पुरुष र महिलातर्फको उपाधि हात पारेका छन् । 

कास्की टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै एलेक्सी र भारतकी यासिका सोकिनलाई १–६, ६–४ र सुपरटाईमा ६–० को सेटमा पराजित गर्दै जापानकी आसाकुराले उपाधि हात पारेकी हुन् ।

पुरुष डबल्सतर्फ जापानका फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोन्डको जोडीलाई १–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै उपाधि हात पार्दा महिला डबल्सतर्फ भारतका दिसा बेहाेरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थलगायतले पुरस्कार वितरण गरेका थिए । आयोजक संघका अध्यक्ष लोक गुरुङका अनुसार प्रतियोगिताको दोस्राे सर्किट सोमबारदेखि सुरु हुनेछ ।

नेपालसहित ११ देशका एक सय ११ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा विजेता खेलाडीले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले नौ, क्वार्टरफाइनलिस्टले पाँच र राउन्ड अफ सिक्टिनमा पुग्नेले आइटिएफको दुई अंक पाउनेछन् ।  प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षकसँगै अभिभावक गरी तीन सय जना पोखरा आएकाे गुरुङले जानकारी दिए । 

ad
ad