
एनसेलमा रहेको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका थिए।
कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाई परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका हुन्। अदालतले मंसिर २५ गतेको पेसी तोकेकाे छ।
साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत उच्चको आदेशमा भनिएको छ।
नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको र व्यवसाय खस्कँदै गएको भन्दै मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको गरेको थियो।