१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद असार मसान्तसम्म थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १७:४४:oo

नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप गरेको छ। ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन। क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन्।

यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्द्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ। 'Buy now, pay later' मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन्।

ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्री–क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। साथै वेबसाइटमा गई अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ।