१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १५ शुक्रबार १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनसेलको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्धको रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १५:३२:oo

एनसेलमा रहेको सेयर बेच्ने आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरी आजियाटाले सेयर बेच्ने निर्णय गरेको भन्दै गोकुलबहादुर रोकायाले रिट दर्ता गरेका थिए।

कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाई परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका हुन्। अदालतले मंसिर २५ गतेको पेसी तोकेकाे छ।

साथै, निवेदकको मागअनुसारको आदेश दिनुनपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत उच्चको आदेशमा भनिएको छ।

नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको र व्यवसाय खस्कँदै गएको भन्दै मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको गरेको थियो।