Skip This
पर्यटन व्यवसायीको १५ सदस्यीय टोली धनकुटामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर १५ शुक्रबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटन व्यवसायीको १५ सदस्यीय टोली धनकुटामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार ११:४३:oo

धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीको १५ सदस्यीय टोली धनकुटा आएको हो । 

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो । टोलीलाई धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारीलगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरेका छन् ।

कार्यक्रममा धनकुटा नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पर्यटनकर्मीहरूको टोलीलाई स्वागत गर्दै उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गरेर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताइन्।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, ब्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइडलगायत टोलीमा सहभागी छन् । पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँकाे पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृतिलगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सहयाेगी भूमिका निर्वाह गर्नेछन् ।