१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एन्ट फाउन्डेसनलाई प्रभु क्यापिटलको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o५:oo

 प्रभु क्यापिटल लिमिटेडले एन्ट फाउन्डेसनलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै क्यापिटलले सामाजिक उत्तरदायित्व कोषमार्फत फाउन्डेसनलाई आर्थिक सहयोग गर्दै सहकार्यको सम्झौता गरेको छ ।

सहयोगसम्बन्धी सम्झौतामा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टमध्ये ‘प्रभु ऐश्वर्या योजना’मा आबद्व हुने महिलाबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवाशुल्कबाट ५० प्रतिशत सेवाशुल्कबराबरको रकम तथा योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशतबराबरको रकम सहयोग गर्ने उल्लेख छ । 

जसअनुसार फाउन्डेसनलाई महिला सशक्तीकरण तथा महिलामा हुने ब्रेस्ट क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्वअन्तर्गत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकले न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने जनाइएको छ । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले भने, ‘महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणा लिई सञ्चालनमा ल्याएको प्रभु ऐश्वर्या योजना तथा एन्ट फाउन्डेसन दुवैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुवै संस्थाको उद्देश्यमा एकरुपता देखिएकाले सम्झौता गरेका हौँ ।’

ad
ad