१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिताको उपाधिमा नेपालको वर्चश्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३९:oo

नेपालका सुमन कुलुङ, रमेश लिम्बू र इन्द्रकला नेम्वाङको टिमले शनिबार पोखरामा सम्पन्न ‘वार हर्ष नेपाल, पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता’को उपाधि जितेका छन्।

‘साझा समृद्धिका लागि दौड’ भन्ने नारासहित पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा होटेल संघ पोखरा र चीनको युनान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोर्टस् एसोसिएसनको सहआयोजनामा सम्पन्न प्रतियोगिताअन्तर्गत नेपालका १० र चीनका १० गरी २० टोलीले प्रतिस्पर्धा गरेका थिए। एक टोलीमा तीनजना रहेका प्रतिस्पर्धीले दौड, साइक्लिङ र बोटिङ गरी ४० किमी दूरी पार गरेका थिए।

प्रतियोगितामा नेपालका वसन्त थारू, मुकेश थारू र श्रेवी महर्जनको टिम दोस्रो, नेपालकै श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगरको टोली तेस्रो, चीनका लिन, याङ होउको टोली चौथो र नेपालका गजेन्द्र राई, गोपाल तामाङ र ज्ञानु चौधरीको टोलीले पाँचौँ स्थान हात पारे। प्रतियोगिताको विजेताले तीन लाख ६० हजार, उपविजेताले दुई लाख ८८ हजार, तेस्रोले दुई लाख १६ हजार, चौथोले एक लाख ४४ हजार र पाँचौँले ९० हजार रुपैयाँ पुरस्कार पाएका नेपाल–चीनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए।

प्रतियोगितालाई आयोजकले नेपालमा हालसम्म आयोजना भएका क्रस कन्ट्रीमध्येको सबैभन्दा ठूलो भनी दाबी गरेका छन्। प्रतियोगितामा नेपाल भूतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रूपमा रहेका थिए।

यसैगरी, इन्डिभिजुअल विधातर्फ ३८ किलोमिटर दौडअन्तर्गत पुरुषतर्फ दुई घन्टा ३३ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै नेपालका होमलाल श्रेष्ठ प्रथम भए। दुई घन्टा ४० मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै नेपालका बेदबहादुर सुनार दोस्रो, दुई घन्टा ४३ मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै नेपालका तीर्थबहादुर तमाङ तेस्रो, दुई घन्टा ५१ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै नेपालकै करण रावल चौथो र चीनका मा झोझिन दुई घन्टा ५६ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दै पाँचौँ स्थान हात पार्न सफल भए।

महिलातर्फ नेपालकी मञ्जु रावत तीन घन्टा ३४ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम, नेपालकी पदमकुमारी सुनुवार तीन घन्टा ५२ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो, चीनका झेङ जुनई चार घन्टा तीन मिनेट ४४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो, नेपालकी सिर्जना कुलुङ चार घन्टा १५ मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै चौथो र चीनकी जोङ सुजी चार घन्टा २३ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गर्दै पाँचौँ स्थानमा रहे।

पुरुष र महिला दुवैतर्फका विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार, तेस्रोले ५४ हजार, चौथोदेखि सातौँसम्मले जनही १८ हजार, आठौँदेखि दशौँसम्मले जनही नौ हजार नगद पुरस्कार पाउनेछन्।

यसैगरी, १८ वर्षमुनिका छात्र–छात्रा पाँच किलाेमिटर दौडअन्तर्गत छात्रतर्फ कृष्ण परियार प्रथम, तेञ्जेन मगर दोस्रो, बादल कार्की तेस्रो र कृष्ण घर्ती चौथो भए। यसैगरी छात्रातर्फ नारायणी भण्डारी प्रथम, एन्जिला जिटी दोस्रो, गीता श्रेष्ठ तेस्रो र कञ्चन लिम्बूले चौथो स्थान हात पारे। विजेताले २५–२५ हजार, दोस्रोले २०–२० हजार, तेस्रोले १५–१५ हजार र चौथोले १०–१० हजार नगद पुरस्कार पाए।

यसैगरी, आमनागरिकका लागि पाँच किलोमिटर दूरीको ह्याप्पी रनको समेत आयोजना गरिएको थियो।

ad
ad