१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु

सात विधामा ११ देशका ५६ जना प्रतिस्पर्धामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३१:oo

एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस बिहीबारदेखि पोखरामा सुरु भएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा ९ मंसिरसम्म चल्ने तीनदिने प्रतियोगितामा ११ देशका ५६ खेलाडी प्रतिस्पर्धामा छन्।

पोखरा महानगरपालिका– १३ स्थित समुद्री सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको आर्बा–विजय डाँडामा सुरु प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि) र महिला ओपन तथा ई–बाइक गरी सात विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर सुनीलचन्द्र शर्माले जानकारी दिए।

शर्माका अनुसार बिहीबार र शुक्रबार अभ्यास खेल हुनेछ भने शनिबार प्रतियोगिता हुनेछ। ई–बाइक रेस नेपालमै पहिलोपटक आयोजना गरिएको उनले जानकारी दिए। शर्माका अनुसार सात विधाको प्रतियोगिताको लागि ६ वटा ट्रयाक रहेका छन् जसमा चारवटा सबैले पार गर्नुपर्ने हुन्छ। प्रोफेसन राइडरका लागि इलिट र ई–बाइकका लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने भएकाले एन्ड्युरो रेसका लागि पोखरा उपयुक्त स्थान रहेको उनको भनाइ छ।

डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङका अनुसार खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताका लागि सन् २०२० देखि तयारी सुरु गरिएको थियो। प्रतियोगिता स्थालमा प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक संरचना तयार गर्न ५० लाख खर्च भइसकेको र प्रतियोगिताका लागि थप २० लाख खर्च गरिएको जानकारी दिए।

प्रतियोगिताअन्तर्गत इलिट पुरुषतर्फ प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद तथा महिलातर्फ प्रथमले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार नगद पुरस्कार पाउनेछन्। अन्य विधाका विजेताले गिफ्टह्याम्पर पाउनेछन्।

ad
ad