Skip This
महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका महाेत्तरी
२o८o मङ्सिर ६ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महाेत्तरी
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार १o:५३:oo

जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई २०८० मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ । विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव-प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मंगलबारबाटै पुस्तकालयको सेवा प्रारम्भ भएको छ ।

पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् । 

पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । ‘यसमा पूर्ण रूपमा सुधारको आवश्यकता छ,’ प्रहरी प्रमुख मल्लले भने, ‘मानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।’

मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।