
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ।
पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो। बुधबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गर्ने भएको छ।
बैठकले अध्यक्ष डा. भट्टराईको संयोजकत्वमा एकता संयोजन समिति गठन गरेको हो। समितिमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव रमेश यादव छन्।
कार्यकारिणी बैठकले पार्टी एकता संयोजन समिति बनाउने, माओवादीसँग एकता गर्ने र अन्य पार्टीसँग पनि एकताका लागि छलफल गर्दै जाने निर्णय गरेको अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए। उनले एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सैद्धान्तिक समझदारी भएको पनि बताए।