Read Time : < 1 मिनेट
२०८० मङ्सिर ५ मंगलबार १८:१५:००
विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा अध्यक्ष र सदस्यहरू सिफारिस गरेको हो।
सदस्यहरूमा उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश तेजनारायणसिंह राई, उच्च अदालत विराटनगरका रामबहादुर थापा, उच्च अदालत पाटनमा कार्यरत मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका रितेन्द्र थापालाई सिफारिस गरेको छ।