१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भान्सा सफा राख्ने उपाय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o२:oo

घरको भान्सा मानिसका लागि सबैभन्दामहत्वपूर्ण स्थल हो । यहाँबाट विभिन्न संक्रमण फैलन सक्ने जोखिम भएकाले नियमित रूपमा यसको सफाइ गर्न जरुरी छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ । 

बेकिङ सोडाको प्रयोग त्यसका लागि एक राम्रो उपाय हो । यसमा कागती वा भेनेगर मिसाएर तपाईंले भान्सा सफा गर्न सक्नुहुन्छ । ओभन, ग्रिल, माइक्रोवेभ, स्टोभलगायत सबै सामग्री सफा गर्न सकिन्छ । यस्तो गर्दा त्यहाँ लागेका तेल र बोसो हट्नेछ । रेफ्रिजेरेटर सफा गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । यो एक हल्का क्षार हो र यसले दुर्गन्ध हटाउने काम पनि गर्छ । 

कागती र भेनेगरले ब्याक्टेरिया मार्ने काम पनि गर्छन् । जसकारण, भान्साबाट संक्रमण फैलन पाउँदैन । कागती र भेनेगरको मिश्रणलाई एक स्प्रे बोतलमा हालेर यसलाई डाइनिङ टेबलमा छर्कने र त्यसपछि नरम कपडाले सफा गर्न सकिन्छ । 

तपाईं डाइनिङ टेबलको तल, रेफ्रिजेरेटरको पछाडि र स्टोभको तल्लो हिस्सा सफा गर्नका लागि भ्याकुम क्लिनरको प्रयोग पनि गर्न सक्नुहुन्छ । 

ad
ad