१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

‘को–हजबेन्ड’लाई क्यानडामा अवार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४७:oo

नेपालको बहुपति प्रथाबारे निर्मित वृत्तचित्र ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ ।

क्यानडाको टोरोन्टोमा आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल एन्थ्रोपोलोजी फिल्म एन्ड मिडिया फेस्टिबलमा को–हजबेन्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । 

मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाकी एसोसिएट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसोसिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेन्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरेका थिए । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी थिए ।

ad
ad