१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार महिनामा २० प्रतिशत सरकारी खर्च 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:१७:oo

पुँजीगत खर्च ९.९३ प्रतिशत राजस्व १९.४५ प्रतिशत उठ्यो

सरकारले चार महिनामा कुल बजेटको २०.३१ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्म कुल बजेट खर्च तीन खर्ब ५५ अर्ब ६३ करोड भएको छ । चालू आवको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ छ । 

यो अवधिमा चालूतर्फ दुई खर्ब ७१ अर्ब १७ करोड खर्च भएको छ । यो चालूतर्फ विनियोजित बजेटको २३.७५ प्रतिशत हो । पुँजीगत खर्च कात्तिक लागेपछि बढेको छ । कात्तिकमा १२ अर्ब १५ करोड रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ । असोजसम्म तीन महिनामा १७ अर्ब ८३ करोड मात्र खर्च भएको थियो ।

चार महिनामा पुँजीगत बजेट २९ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको ९.९३ प्रतिशत हो । कात्तिक लागेपछि अनुदान पनि बढेको छ । असोजसम्म ६ करोड १८ लाख अनुदान प्राप्त भएकोमा कात्तिकमा मात्रै दुई अर्ब ६९ करोड ६२ लाख रुपैयाँ भित्रिएको कार्यालयको तथ्यांक छ ।

यो वर्ष कात्तिकसम्म दुई खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको १९.४५ प्रतिशत हो । कर राजस्व दुई खर्ब ५४ अर्ब ३० करोड र गैरकर राजस्व २२ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ ।

असोजमा ७८ अर्ब चार करोड, भदौमा ६२ अर्ब २० करोड र साउनमा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

ad
ad