१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार २३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युएईविरुद्ध नेपाल ४ - ० ले पराजित

फिफा विश्वकप छनोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २३:४६:oo

दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरे पनि नेपालले फिफा विश्वकप २०२६ का लागि चलिरहेको छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युएईविरुद्ध ४–० को हार व्यहोरेको छ । 

सबै गोल पहिलो हाफमा सम्भव भएका हुन् । युएईको घरेलु मैदानमा पहिलो हाफमा निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्‍याे । जसका कारण थप गोल त खाएन नै, युएईविरुद्ध गोलका केही अवसर पनि सिर्जना गरेको थियो । तर, नेपाली खेलाडीले बललाई जाली चुमाउन भने सकेनन् । 

समग्रमा नेपालले ३४ प्रतिशत बल पोजिसन राख्दै युएईको पोस्टमा सातपटक प्रहार गर्‍याे । उता, युएईले भने १७ पटक नेपाली पोस्टमा बल प्रहार गरेको थियो । त्यसमध्ये नौ प्रहार सशक्त थिए, जसमा एक पेनाल्टी प्रहारसहित चार गोल सम्भव भयो भने अन्य प्रहारमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङ पर्खाल बनेर उभिए ।


दुबईस्थित अल मक्टुम रंगशालामा भएको खेलमा युएईका लागि १०औँ मिनेटमा खलिफा मुबारकले हेडर गोल गर्दै युएईको खाता खोलेका थिए । 

३७औँ मिनेटमा प्राप्त गरेको पेनाल्टीमा सहज गोल गर्दै युएईका कप्तान अलीले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले ४४औँ मिनेटमा युएईलाई ३–० को अवस्थामा पुर्‍याए । यो उनको दोस्रो गोल थियो । 

अप्रत्याशित रूपमा तेस्रो गोल खाएपछि सम्हालिन नपाउँदै नेपालले चौथो गोल व्यहोर्‍याे । ४६औँ मिनेटमा फाबियो लिमाले उत्कृष्ट फिनिसिङ देखाउँदै युएईलाई ४–० को अवस्थामा पुर्‍याए ।

ad
ad