१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सालनालसहितको शिशु फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:o२:oo

मकवानपुरको हेटौँडामा सालनालसहितको शिशु (छोरी) फेला परेको छ। बिहीबार साँझ हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित श्रद्धानगर टोल विकास संस्थाअन्तर्गत सामदान चर्चनजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको हो।

स्थानीयले बच्चा रोएको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको सालनालसहितको शिशु फेला परेपछि प्रहरीलाई खबर गरेको स्थानीय सुन्दर न्यौपानेले जानकारी दिए। शिशुलाई हेटौँडा अस्पतालको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ। 

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले शिशुको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले शिशुलाई अस्पतालको जिम्मा लगाइएको जानकारी दिए। उनले जन्म दिएर झाडीमा शिशु छोड्ने आमाको खोजीका लागि अनुसन्धान थालिएको पनि बताए। 

ad
ad