१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटक बन्द गर्ने सरकारी निर्णयको कांग्रेस महामन्त्री थापाबाट आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयको कांग्रेस महामन्त्री गगन थापाले आलोचना गरेका छन्। 

आजको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेलगत्तै थापाले आलोचना गरेका हुन्। 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै महामन्त्री थापाले भनेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ। तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।’

उनले यसलाई सरकारको नियतको विषय भएको उल्लेख गरेका छन्। ‘एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’