मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक २७ सोमबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २७ सोमबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटक बन्द गर्ने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २७ सोमबार १३:४६:oo

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो। 

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिग्रन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन्। 

सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने उनले जानकारी दिइन्। 

मन्त्री शर्माले इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार गर्ने र टिकटक तत्कालै बन्द गरिने बताइन्। ‘आजै बन्द हुन्छ,’ उनले भनिन्, ‘इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार हुन्छ। भरेबाट बन्द हुन्छ।’