१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रथम खुला लामाचौर कपको उपाधि एलजीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४o:oo

उपाधिसँगै एलजीले दुई लाख र उपविजेता एन टूले एक लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए

एलजी एसोसिएसनले प्रथम खुला लामाचौर कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। एलसी ब्रदर्श लामाचौरको आयोजनामा भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा एलजीले एन टू कफी सपलाई सडनडेथमा पराजित गर्दै उपाधि हात पारेको हो। 

उपाधिसँगै एलजीले दुई लाख र उपविजेता एन टूले एक लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए। निर्धारित समयको खेल १–१ को बराबरी सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा ४–४ को बराबरी भएपछि विजेताको टुंगो लगाउन खेल निर्णयका लागि सडनडेथमा पुगेको थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै एलजीका अनुज भण्डारीले नगद तीन हजारसँगै सिल्ड र प्रमाणपत्र पुरस्कार पाए। यसैगरी, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एलजीका आकाश रानाभाट, उत्कृष्ट प्रशिक्षक एलजीका ओम गुरुङ, एन टुका कन्यासुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर र नकुल तामाङ उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता शितलज्योेति युवा क्लबका सन्दिप गुरुङ घोषित हुँदै उनीहरुले जनही दुई हजार पाँच सय नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

आदर्श युवा क्लब भण्डारढिकले फेयर प्लेको अवार्ड पायो । विजेता खेलाडीहरुलाई पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, आयोजक क्लबका अध्यक्ष शंकर केसी, खेल संयोजक विशाल नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए । १९ गतेदेखि सुरु प्रतियोगितामा १४ टोली सहभागि थिए ।
 

ad
ad