१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नक्कली नोटसहित तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१२:oo

नक्कलीजस्तो देखिने नोटसहित काठमाडौंबाट एक र पर्साबाट दुई गरी तीनजना शनिबार पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौं महानगरपालिका–९, पिंगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, पर्सा वीरगन्ज महानगरपालिका–८, घन्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुईजनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेशकुमार पटेल र वीरगन्ज महानगरपालिका–३१, कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् । 

घन्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट घन्टाघरबाट खटिएको प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र२–०३–००१प ८९० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ad
ad