१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अभिलाषा र प्रकृति फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४२:oo

अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ ले हराइन् । प्रकृतिले शुभांगीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरिन् ।

पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जित्यो । खड्काको जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रीतम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हरायो । भेट्रान ६५ वर्षमाथि पुरुष एकल फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे । यसैगरी, भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२ र ७–६ ले पाखा लगाए । 

कमलबहादुर भण्डारीले सीमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष एकलमा विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छ्याउँदै महेश श्रेष्ठ सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गर्‍यो ।

सरालाई दोहोरो स्वर्ण
प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन् । सराले यू–९ र यू–१० महिला एकलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यू–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–० र ४–१ ले पराजित गरिन् । अर्को फाइनलमा सराले अनुश्री धोजूमाथि ६–२ र ७–६ (१३) को जित दर्ता गरिन् । यू–१० पुरुष एकल फाइनलमा विश्वविशेष डल्लाकोटी सुजन कुइँकेललाई ६–३ र ६–३ ले हराउँदै पहिलो भए । यू–१२ महिला एकलमा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउँदै पहिलो स्थान हात पारिन् ।

यू–१४ पुरुष एकल फाइनलमा वृजेश अर्याल बोरिस अधिकारीलाई ६–२ र ६–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहे । पुरुष डबल्समा वृजेश अर्याल र शाश्वत बज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६–० र ६–० ले हरायो ।

ad
ad