१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्लास्टिकका माला बिक्री–वितरण गर्न प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:२२:oo

तिहारका वेला प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको हो।

प्लास्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री–वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।

अटेर गरेर प्लास्टिकबाट बनेका माला बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो।

‘घर–आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाएका छौँ,’ नगरप्रमुख ओझाले भने, ‘यस कार्यबाट फूलको व्यावसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुँदैन।’ 

उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक खेतीमा संलग्न गराइएको छ। 

प्लास्टिकबाट बनेका माला बिक्री–वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका  कृष्णपुर बनेकाे छ। फूलको व्यावसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन्।

ad
ad