१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

समृद्धि यात्रामा सहयोग गर्न क्यासीका उद्यमीलाई प्रधानमन्त्रीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५५:oo

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया प्रशान्त क्षेत्रका व्यवसायी लिडरहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी)का अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटवार्तामा उनले नेपालको समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरेका हुन् । 

‘नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीलाई आग्रह गर्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपालले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी आह्वान गरिरहेको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास दिलाउन चाहन्छु ।’

भेटवार्ताको नेतृत्व गरेका महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको जानकारी गराए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने पनि उनले बताए । क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्‍याउन क्यासी तयार रहेको प्रतिबद्धता जनाए । 

नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा क्यासीका अध्यक्ष पिटरले खुसी व्यक्त गरे । विश्व आर्थिक मञ्चमा ठूलो हिस्सा ओगट्ने एसिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने पनि उनले प्रधानमन्त्री दाहाललाई विश्वास दिलाए ।  क्यासी एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य संघहरू सदस्य रहेको संस्था हो । काठमाडौंमा आयोजना भएको क्यासीको ३७औँ सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्रहरूबाट ६० भन्दा बढी व्यवसायी नेताहरू सहभागी छन् ।

ad
ad