१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:१६:oo

लुम्बिनी विकास कोषले जाजरकोटका भूकम्पपीडितहरूका लागि २५ लाख सहयोग गर्ने       भएको छ।

कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए।

कोषका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एव‌ं कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई राहतबापत उपलब्ध गराइएको सहयोग चेकमार्फत हस्तान्तरण गर्ने जनाइएको छ।  
 

ad
ad