१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल राष्ट्रिय कर्मचारी संगठनका सदस्यले आफ्नो पारिश्रमिक भूकम्पपीडितलाई दिने

स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:२८:oo

नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रत्येक सदस्यले आफ्नो दुई दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितलाई दिने भएका छन्।

संगठनको केन्द्रीय कार्यालयमा सोमबार बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित जनताको राहत तथा पुनर्स्थापनाका लागि सदस्यहरूको पारिश्रमिक सरकारी राहत कोषमा पठाउने निर्णय गरेको हो।

‘प्रत्येक सदस्यबाट कम्तीमा दुई दिनको पारिश्रमिक अनिवार्य रूपमा र शुभेच्छुकहरूबाट स्वेच्छिक रूपमा केन्द्रीय समिति, प्रदेश समिति, विभागीय-जिल्ला समितिले तोकेको खातामा जम्मा गरी केन्द्रीय समितिले महासंघमार्फत सरकारी राहत कोषमा दाखिला गर्ने निर्णय गरियो,’ बैठकपछि अध्यक्ष अम्बादत्त भट्टले भने।

उनका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रमा देखिएको मानव स्वास्थ्य तथा पशु स्वास्थ्यको जीवन रक्षाको लागि स्वास्थ्य विभाग तथा कृषि विभागसँग समन्वय गरी स्वास्थ्य सामग्री तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ।

भूकम्पमा निधन भएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले राष्ट्रिय शोकको रूपमा शोक प्रस्ताव पारित गरेको छ। सात दिनसम्म संगठनका सार्वजनिक कार्यक्रम स्थगित गरी राहत संकलनको काम तीव्र रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको अध्यक्ष भट्टले बताए।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा असहाय परिवारलाई तत्कालको गाँसवाससम्बन्धी राहत प्रदान गर्न केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज नवीनकुमार शाहीलाइ पठाउने निर्णयसमेत गरेको छ।

यसैगरी, बैठकले ‘प्राकृतिक विपत्ति राहत तथा पुनर्स्थापना कोष’ स्थापना गरी सम्पूर्ण संघ संस्था तथा आम नेपाली जनतासमेतको सहभागितामा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

ad
ad