Skip This
उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार १५:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १५:२१:oo

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुगेका छन्।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उद्धार तथा राहत वितरणबारे जानकारी लिए। साथै उनले राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए।

भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनर्निर्माणमा लगाउने बताए।

उपप्रधानमन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्यांक आफूले प्राप्त गरिसकेकाे जानकारी दिए। 

उनले वडाअध्यक्ष, वडासदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिए।