१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक २० सोमबार ११:१९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० कार्तिक २० सोमबार ११:१९:००

दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा पर्न सक्छ । त्यसैले दाँतलाई किराबाट जोगाउन दैनिक रूपमा बिहान–बेलुका सफा गर्न जरुरी छ ।

मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुपर्छ, खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । दाँतको सुरक्षाका लागि सही ब्रसको चयन निकै आवश्यक छ । दाँत ब्रस गर्नका लागि नरम ब्रेस नै प्रयोग गर्नुस् । ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ । 

दुईपटक ब्रस
दिनमा दुईपटक ब्रस गर्न जरुरी छ । कतिपयले रातको समय ब्रस गर्दैनन् । तर, रातमा अनिवार्य ब्रस गर्नुपर्छ । अन्यथा, मुखमा रहेका ब्याक्टेरियाले दाँतलाई कमजोर बनाउन सक्छन् । 

गुलियो कम प्रयोग 
गुलियो खानेकुरा शरीर र दाँत दुवैका लागि हानिकारक बन्न सक्छ । त्यसैले आफ्नो आहारमा चिनीको मात्रा निकै कम गर्नुस् । त्यस्तै, जंकफुड सेवनबाट पनि बच्ने गर्नुस् । खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्न नबिर्सनुस् । 

पर्याप्त पौष्टिक आहार 
आफ्नो आहारमा फलफूल पर्याप्त समावेश गर्नुस् । यसमा इन्जाइम र अन्य जरुरी पोषण पाइन्छ, जसले दाँतलाई प्राकृतिक तरिकाले नै सफा गर्छ । भिटामिनको मात्रा पर्याप्त भएका फल दाँत मात्रै नभएर समग्र शरीर स्वस्थ राख्नका लागि आवश्यक पर्छ । 

पर्याप्त पानी 
पानीले प्राकृतिक माउथवासको काम गर्छ । त्यसैले पर्याप्त पानी पिउनुस् । दाँतमा चिया, कफी वा अन्य खानेकुराको दाग रहँदैन । दाँतमा कुनै खराबी देखिएमा तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुस् ।