Skip This
दाँत सफा राख्ने उपाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत सफा राख्ने उपाय

नियमित सफा नगर्दा किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:२२:oo

दुईपटक ब्रस :  नियमित रूपमा दाँत सफा नगर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । किरा लागेर दाँत बिग्रन सक्छ । गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ । खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ । 

फ्लोराइडयुक्त मन्जनले दाँत 

माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मन्जन नै प्रयोग गर्नुपर्छ । ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ । 

गुलियो कम खानुस् :  गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुस्, खाएपछि मुख कुल्ला गर्न नबिर्सनुस् । 

सुर्तीजन्य पदार्थबाट टाढा : सुर्तीजन्य पदार्थ जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । 
 

ad
ad