१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १५ बिहीबार ११:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत स्वस्थ राख्ने केही उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १५ बिहीबार ११:५८:००

दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा पर्न सक्छ । त्यसैले दाँतलाई किराबाट जोगाउन दैनिक रूपमा बिहान–बेलुका सफा गर्न जरुरी छ । मिठाई, चकलेटलगायत गुलिया कुरा कम खानुपर्छ, खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । 

ब्रसको चयन 
दाँतको सुरक्षाका लागि सही ब्रसको चयन निकै आवश्यक छ । दाँत ब्रस गर्नका लागि नरम ब्रस नै प्रयोग गर्नुस् । ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । दाँतका सबै भागमा ब्रस गर्नुपर्छ । 

दैनिक दुईपटक ब्रस
दिनमा दुईपटक ब्रस गर्न जरुरी छ । कतिपयले रातको समय ब्रस गर्दैनन् । तर, रातमा अनिवार्य ब्रस गर्नुपर्छ । अन्यथा, मुखमा रहेका ब्याक्टेरियाले दाँतलाई कमजोर बनाउन सक्छन् । 

गुलियो कम प्रयोग 
गुलियो खानेकुरा शरीर र दाँत दुवैका लागि हानिकारक बन्न सक्छ । त्यसैले आफ्नो आहारमा चिनीको मात्रा निकै कम गर्नुस् । त्यस्तै, जंकफुड सेवनबाट पनि बच्ने गर्नुस् । खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्न नबिर्सनुस् । यस्तो गर्दा दाँतमा अड्केका खानेकुरा बाहिर निस्कन्छन् । 

पर्याप्त पौष्टिक आहार 
आफ्नो आहारमा फलफूल पर्याप्त समावेश गर्नुस् । यसमा इन्जाइम र अन्य जरुरी पोषण पाइन्छ, जसले दाँतलाई प्राकृतिक तरिकाले नै सफा गर्छ । भिटामिनको मात्रा पर्याप्त भएका फल दाँत मात्रै नभएर समग्र शरीर स्वस्थ राख्नका लागि आवश्यक पर्छ । 

पर्याप्त पानी 
पानीले प्राकृतिक माउथवासको काम गर्छ । त्यसैले पर्याप्त पानी पिउनुस् । दाँतमा चिया, कफी वा अन्य खानेकुराको दाग रहँदैन । दाँतमा कुनै खराबी देखिएमा तत्कालै दन्तचिकित्सकको सल्लाह लिनुस् । 

कोल्ड ड्रिंक्सबाट टाढा
कोल्ड ड्रिंक्सले दाँतलाई कमजोर बनाउन सक्छ । सोडा, इनर्जी ड्रिंक्सलगायतको सेवन दाँतका लागि राम्रो हुँदैन । 

नगर्नुस् धूम्रपान
धूम्रपान र सुर्तीजन्य पदार्थबाट टाढा रहनुस् । यसले दाँतलाई कमजोर बनाउने गर्छ । त्यस्तै, दाँतलाई सफा हुन पनि दिँदैन । गिजासम्बन्धी विभिन्न समस्यासमेत निम्त्याउँछ । मुखको क्यान्सरसमेत गराउन सक्छ । 

चेकजाँच
दाँत स्वस्थ राख्नका लागि समय–समयमा चेकजाँच गराउनुपर्छ । कम्तीमा ६ महिना वा एक वर्षमा एकपटक चेकजाँच गराउनु राम्रो हुन्छ ।