Skip This
‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:४८:oo

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन्। 

उनले  गए राति जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताएका हुन्। गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटरभित्र रहेको उनकाे भनाइ छ।

साथै, सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो। केन्द्रका अनुसार सोही स्थान केन्द्रविन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।

नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै वेलामा जान सक्ने भएकाले सचेत रहनुपर्ने डा. अधिकारीले बताउनुभयो। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ।

ad
ad