१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आरोहणका लागि थप हिमाल खुला गर्नुपर्छ : राष्ट्रपति पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि थप हिमाल पनि खुला गर्नुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए)को ५०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आरोहणको अनमुति नदिइएका हिमालहरू पनि तत्काल खुला गरेर प्रवद्र्धन गर्नुपर्ने बताएका हुन् ।

अहिले देशभर चार सय १९ हिमाल आरोहणका लागि खुला गरिएको छ । हालै सरकारले सिन्धुपाल्चोक जिल्लाका जुगल हिमशृंखलामा पर्ने पाँचवटा हिमाल आरोहणका लागि खुला गरेको थियो । पर्वतीय पर्यटनको पहिचान बनाएको नेपालमा आरोहण गर्न मिल्ने सयौँको संख्यामा हिमाल रहेका छन् ।

 राष्ट्रपति पौडेलले नयाँ हिमाल पनि आरोहण खुला गरेर सरकारले व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने बताए । हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि एनएमए राम्रो साझेदार हुन सक्ने उनको भनाइ थियो ।एनएमएले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन कुशलतापूर्वक सम्हालिरहेको बताउँदै उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गरेकोमा प्रशंसा गरे । 

‘अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एसियन अल्पाइन एसोसिएसनमार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ,’ पौडेलले भने । उनले पर्वतीय पर्यटन प्रवद्र्धनका लागि थप काम गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरे । 

‘जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नोतर्फबाट गम्भीरतापूर्वक काम गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले नेपाल कार्बन उत्सर्जनको कारक नहुँदानहुँदै पनि जलवायु परिवर्तनको मार खेप्नुपरेको र यसबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु हाम्रा लागि सुखद कुरा हो ।’ 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हिमालहरूको प्रवद्र्धन गर्न सकेमा पर्यटनबाटै समृद्धि सम्भव भएको बताए । नेपाल उडानको हवाई भाडा चर्को हुनु, भारतीयले २५ हजार भारुभन्दा बढी बोक्न नपाउनु, हिमाल फोहोर हुँदै जानु, फेक रेस्क्युजस्ता घटना हुनुले पर्यटन विकासमा चुनौती थपिरहेको उनको भनाइ थियो । 
 

ad
ad