१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एप्पल ब्रान्ड : प्रतिस्पर्धा होइन, इनोभेसनमा केन्द्रित

एप्पल बजारमा छ्यापछ्याप्ती पाइने/नपाइने कुनै पनि ब्रान्डसँग प्रतिस्पर्धा गर्दैन, बरु आफ्नै उत्पादनमा नवीनता ल्याउने प्रयास गर्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३५:oo

अमेरिकी कम्पनी एप्पलले गत महिना आइफोन–१५ सिरिज लन्च गर्‍यो । यसअघि एप्पलको पहिलो आइफोन सन् २००७ मा स्टिभ जब्सले सार्वजनिक गरेका थिए । २००७ देखि अहिलेसम्म विश्वभर दुई अर्ब ३० करोडभन्दा बढी आइफोन बिक्री भएका छन् । 

स्टिभ जब्सदेखि टिम कुक (हालका एप्पल सिइओ) सम्म आइपुग्दा एप्पल एउटा गतिलो ब्रान्ड बनेको छ । अधिकांशको इच्छा एप्पलका विभिन्न ब्रान्ड खरिद गर्ने हुन्छ । हरेकपटक एप्पलको नयाँ सिरिज लन्च हुने खबरसँगै विश्वभरका मानिसले अग्रिम बुकिङ गर्छन् । अन्य ब्रान्डमा सायदै यस्तो होला । त्यसो भए प्रश्न उठ्छ– एप्पलका जुनसुकै ब्रान्डमा मानिसको ‘क्रेज’ किन छ ? एप्पलका उत्पादनमा त्यस्तो के चिज छ, जसले मानिस लोभिन्छन् ? फरक देखिनुका पाँच कारण निम्नानुसार छन् :
 
एप्पलको डिएनएमै ‘थिंक डिफरेन्ट’

एप्पल बजारमा छ्यापछ्याप्ती पाइने/नपाइने कुनै पनि ब्रान्डसँग प्रतिस्पर्धा गर्दैन । बरु आफ्नै नवीन प्रडक्ट (उत्पादन) ल्याउने प्रयास गर्छ । एप्पलले सन् १९७७ मा होम कम्प्युटिङ सिस्टम एप्पल–२ लन्च गरेको थियो । यो एप्पल–१ को अद्यावधिक भर्सन थियो । एप्पल–२ लाई रेडी–टु–युज कम्प्युटर सिस्टमका आधारमा प्रस्तुत गरिएको थियो । त्यसमा सर्किट मेसिनरी, एउटा किबोर्ड र स्थायी मेमेरो थियो । 

त्यस्तै, सन् २०१४ मा एप्पलले आफ्नो पहिलो स्मार्टवाच लन्च गर्‍यो । तर, स्मार्टवाच लन्च गर्ने एप्पल पहिलो कम्पनी भने थिएन । तर, त्यसको उत्कृष्ट डिजाइन र एड्भान्स फिचर्सले यो स्मार्टवाच इन्डस्ट्रीलाई नै पूर्ण रूपमा बदलिदियो । सन् २०१६ मा आइपुग्दा कम्पनीले आइफोन–७ लाइनअपमा ३.५ मिमि हेडफोन ज्याक हटाएको थियो । कम्पनीको यो कदमले विश्व चकित थियो । हेडफोनको ज्याक हटाएपछि उसले एप्पल इयरपोड सार्वजनिक गर्‍यो । यसले पनि हेडफोन इन्डस्ट्रीमा क्रान्ति ल्यायो ।

सन् २०२१ मा एप्पलले एयरट्याग लन्च गर्‍यो । यो एउटा ट्र्याकिङ डिभाइस हो, जसको प्रयोग चाबी या ब्यागजस्ता सामान ट्र्याक गर्नका लागि गरिन्छ । कम्पनीले एम–वान सिपियू चिप पनि सार्वजनिक गर्‍यो । यो चिपले इन्टेलको सिपियूलाई प्रतिस्थापन गरिदियो । म्याक र आइप्याडको प्रदर्शन राम्रो हुनुका साथै सिपियू इन्डस्ट्रीमा पनि ठूलो परिवर्तन आयो । 

एप्पलमा गोपनीयता र सुरक्षाका लागि विशेष आर्किटेक्चर छन् । उनीहरूले डेटा सुरक्षामा कुनै पनि सम्झौता गर्दैनन् । सन् २०१६ मा एफबिआईले आतंककारी सैयद फारुखबाट आइफोन बरामद गरेको थियो । उक्त आइफोन अनलक गर्न एजेन्सीले एप्पल कम्पनीसँग सहयोग माग्यो, तर कम्पनीले अस्वीकार गरिदियो ।

टिकाउपूर्ण उत्पादन
एप्पलका उत्पादनको हार्डवेयर र सफ्टवेयर क्वालिटी अन्य कम्पनीहरूको तुनलामा निकै उच्च हुन्छ । यसको इन्ट्री–लेभल डिभाइसमै पनि उच्च क्वालिटी देखिन्छ । यसकै कारण एप्पलका उत्पादन लामो समयसम्म चल्छन् । यस्तो डिभाइसको आयु लामो हुन्छ । साथै, प्रडक्टको हार्डवेयरलाई आल्मुनियम र ग्लासजस्ता मेटेरियल्स प्रयोग गरी डिजाइन, म्यानुफ्याक्चर र एसेम्बल गरिन्छ । यसले गर्दा प्रडक्टलाई प्रिमियम बनाउँछ । एप्पलको एउटा ठूलो फाइदा भनेको यसको सफ्टवेयर अपडेट पनि हो । कम्पनीले लन्च गरेको दिनदेखि ५–६ वर्षसम्म सफ्टवेयर अपडेट दिन्छ । 

सुरक्षा र गोपनीयतामा विश्वसनीय
एप्पलमा गोपनीयता र सुरक्षाका लागि विशेष आर्किटेक्चर छन् । उनीहरूले डेटा सुरक्षामा कुनै पनि सम्झौता गर्दैनन् । सन् २०१६ मा एफबिआईले आतंककारी सैयद फारुखबाट आइफोन बरामद गरेको थियो । उक्त आइफोन अनलक गर्न एजेन्सीले एप्पल कम्पनीसँग सहयोग माग्यो, तर कम्पनीले अस्वीकार गरिदियो ।

फेसटाइम र आइक्लाउडजस्ता एप्पल सर्भिसले आइफोनबाट आउने–जाने डेटा र एप्पल सर्भरमा संग्रहित डेटको सुरक्षाका लागि ‘एन्क्रिप्सन’ प्रयोग गर्छ । कुनै शंका लाग्नासाथ कम्पनीले तत्काल सफ्टवेयर अपडेट दिन्छ । त्यसैगरी, एप्पलका डिभाइसमा भाइरसको खतरा पनि निकै कम हुन्छ । यसको सफ्टवेयर यति चुस्त हुन्छ कि कुनै पनि ह्याकरले सिस्टममा हमला गर्न सक्दैन । 

उच्च ग्राहक अनुभव
एप्पललाई ग्राहक अनुभवका लागि पनि चिनिन्छ । यसका उत्पादनमा हार्डवेयर र सफ्टवेयरमा कुनै समस्या आयो भने सजिलै सपोर्ट प्राप्त हुन्छ । टेक्निकल सपोर्ट टिमसँग सम्पर्क गरी आफ्नो समस्याको समाधान पाउन सकिन्छ । प्रयोगकर्ताको समस्या समाधान गर्न कम्पनीसँग डेडिकेटेड एप र वेबसाइट छ । 

ब्रान्डिङमा केन्द्रित
एप्पल लग्जरी लाइफस्टाइल (विलासी जीवनशैली) बनिसकेको छ । साथै, कम्पनीले उत्पादनको ब्रान्डिङ यसरी गरेको छ, जसलाई देखेर हरकोही लोभिन्छ । एप्पलका सामान किनूँकिनू बनाउँछ । यसबाहेक कम्पनीले आफ्ना प्रयोगकर्तालाई पहिलो प्राथमिकता दिन्छ । उदाहरणका लागि एप्पलको ‘सट अन आइफोन’ विज्ञापनलाई लिन सकिन्छ । यसमा कम्पनीले प्रयोगकर्ताले आइफोनबाट खिचिएका भिडियो राखेको थियो । यति मात्रै होइन, एप्पललाई प्रभावकारी र ग्राउन्ड–ब्रेकिङ विज्ञापनका लागि पनि मानिन्छ । ब्रान्ड बनाउनमा यी विज्ञापनको ठूलो भूमिका छ । 

सफलताको राज
कम्पनीमा सयौँको संख्यामा विशेष टिम छन् । त्यसमध्ये दर्जनभन्दा बढी टिम कुनै उत्पादनको एउटा मात्रै फिचर्समा शोध (रिसर्च) गर्छन् । सन् २००९ मा एप्पलमा क्यामेरा टेक्नोलोजीका प्रमुख वैज्ञानिक पल हुबल आइफोनको पोट्रेट फिचर डेभलप गर्दै थिए । त्यतिवेला महँगा र सिंगल लेन्सवाला क्यामेराले मात्रै यस्तो फोटो खिच्न सक्थे । पोट्रेट मोडलाई बुझ्न विश्वभरबाट उत्कृष्ट प्रोट्रेट तस्बिर मागियो । र, इन्जिनियरको टिमले त्यसलाई सूक्ष्म ढंगले बुझे । अनि अल्गोरिदम बनाए । 

पोट्रेट मोडसँगसँगै डुअल लेन्स क्यामेरा लन्च गर्ने योजनामा ४० स्पेसल टिम यसमा खटिए । जसमा सिलिकन डिजाइन, क्यामेरा सफ्टवेयर, रियायबिलिटी इन्जिनियरिङ, मोसन सेन्सर हार्डवेयर, भिडियो इन्जिनियरिङ, कोर मोसन र क्यामेरा सेन्सर डिजाइन थिए । त्यसपछि मात्रै आइफोन–७ प्लसको मार्केटिङमा पोट्रेट मोडलाई राखियो । 

ad
ad