१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरको भीमफेदीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२o:oo

मकवानपुरको भीमफेदीमा बुधबार साँझ स्कुटर दुर्घटना एकजना महिलाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिकको वडा नम्बर ६ जुरिखेतमा स्कुटर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका– २७ महाबौद्धकी ६२ वर्षीया राज्यलक्ष्मी थापाको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार थापा र स्कुटरचालक ६५ वर्षीय शशिराज पाण्डे घाइते भएका थिए । थापाको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

स्कुटर सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका स्कुटरचालक पाण्डेको भने हेटौँडा अस्पतालमै उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।

ad
ad