Skip This
इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:४७:oo

इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । 

फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।

उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन– ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम– ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ– ३ का आशिष चौधरीको शव नेपाल ल्याइएको हो । 

न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत २० असोजमा हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । 

उनीहरू गत १८ र १९ भदौमा प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । 

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सापही– ६ का आनन्द शाह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली– ३ का राजन फुलारा, डोटी लामीखाल– ८ का पदम थापा र सल्यान सारदा– ३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त– ३ का विपिन जोशी सम्पर्कविहीन छन् ।

आक्रमणमा परी मृत्यु भएका बाँकी ६ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरेको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो । (रासस)

ad
ad