१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
रासस गुल्मी
२o८१ बैशाख १९ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोजरको ठक्करबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
रासस, गुल्मी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:५५:oo

गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुंगा नगरपालिका– १४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु.१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो। रेसुंगा– १४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको  घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

प्रहरीले डोजरचालक पाल्पाको माथागडी गाउँपालिका– ७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ। सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad