१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एजेन्सी एजेन्सी
२o८१ बैशाख १७ सोमबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अर्जेन्टिनाको लगातार चौथो जित

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o३:oo

कप्तान लिओनल मेसीको दुई गोलको सहयोगमा अर्जेन्टिनाले विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दक्षिण अमेरिकी छनोटमा बुधबार पेरुलाई २–० ले पराजित गरेको छ । सन् २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो । पेरुको मैदान स्टाडियो नासिओनल डे लिमामा अर्जेन्टिनाका लागि मेसीले खेलको ३२औँ र ४२औ मिनेटमा गोल गरेका थिए । छनोट खेलमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना चार खेलबाट १२ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिनासँग पराजित पेरुले चार खेलबाट एक अंक मात्र जोडेको छ । पेरु नवौँ स्थानमा छ ।

मेसी विश्वकपको दक्षिण अमेरिका छनोटमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले विश्वकप छनोटमा सर्वाधिक ३१ गोल गरेका छन् । उरुग्वेका लुइस सुआरेज २९ गोलका साथ दोस्रो स्थानमा छन् । विश्वकपकै सर्वाधिक पाँचपटकको विजेता ब्राजिल उरुग्वेसँग २–० ले स्तब्ध भयो । उरुग्वेका लागि डार्विन नुनेजले ४२औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलको ७७औँ मिनेटमा निकोलस डे ला क्रुजले उरुग्वेलाई २–० को जित दिलाए । चार खेलपछि उरुग्वे र ब्राजिलले समान सात अंक जोडेका छन् । गोलअन्तरमा उरुग्वे दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रह्यो । उरुग्वेविरुद्ध खेलमा ब्राजिलले अर्को झट्का सामना गरेको छ । 

ब्राजिलका स्ट्राइकर नेमार चोटका कारण बाहिरिए । उनी पहिलो हाफमा बाहिरिएका थिए । यसैगरी, अर्को खेलमा भेनेजुएलाले चिलीलाई ३–० ले हरायो । पाराग्वेले बोलिभियामाथि १–० को जित निकाल्यो । इक्वेडर र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । चार खेलबाट सात अंक जोडेको भेनेजुएला चौथो स्थानमा उक्लेको छ । 

ad
ad