१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एलजी टिभी र होम अप्लाइन्सेस सबैभन्दा मन पराइएको ब्रान्ड भएको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:१२:oo

एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसका लागि २०२३ अमेरिकी कस्टुमर सेटिस्फ्याक्सन इन्टाक्स (एसिएसआई) सर्वेक्ष्णबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ । ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई उक्त सर्वेक्षणले प्रमाणित गरेको हो । 

एसिएसआई उद्योगहरूको ग्राहकको सन्तुष्टि मापन गर्ने अमेरिकी संस्था रहेको जनाइएको छ । दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरूको विस्तृत  मूल्यांकन गर्ने कम्पनीको भनाइ छ । एसिएसआई सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिने कम्पनीले उल्लेख गरेको छ । यसका लागि पाँच लाखभन्दा बढी ग्राहकको अन्तर्वार्ताबाट साभार गरिएको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

एलजीले यस वर्षको टिभी क्याटागोरीमा ८३ अंक ल्याएर शीर्ष स्थान हासिल गर्न सफल रहेको कम्पनीले उल्लेख गरेको छ । यो अघिल्लो वर्षभन्दा ४ प्रतिशतभन्दा बढी रहेको कम्पनीले जिकिर गरेको छ । एलजी टिभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगेरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेजलगायत धेरै क्याटागोरीमा ग्राहकमाझ लगातार उत्कृष्ट प्रदर्शन गरेको कम्पनीको दाबी छ । 

साथै, होम अप्लाइन्सेसको विधामा एलजीले लगातार दुई वर्ष पहिलो स्थान हासिल गरेको जनाइएको छ । गत वर्ष ८१ अंक ल्याउने एक मात्र उत्पादक रहेको एलजीले यस वर्ष ८२ अंक ल्याएर उत्कृष्ट स्थानमा रहेको कम्पनीले जनाएको छ । 
 

ad
ad