१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:oo:oo

परापूर्वकालदेखि पिङ खेल्ने चलन थियो, दसैँमा एक दिन भुइँ छोड्नुपर्छ भन्ने प्रचलन थियो

प्रा.डा. सोमप्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालय

दसैँ उमंगको पर्व हो । परदेशमा गएको मान्छे घरमा आएपछि गरिने उत्सव हो । दसैँजस्ता पर्वहरूका धेरै उद्देश्यमध्ये भेटघाट एक हो । आध्यात्मिक उन्नयन (देवीको पाठ गर्ने, स्तुति गर्ने, पितृलाई स्मरण गर्ने) लगायत कार्य यस चाडमा गरिन्छ ।

स्वास्थ्यसँग पनि दसैँको सम्बन्ध जोडिएको हुन्छ । यस समय मिठा–मिठा खानेकुरा खाने गरिन्छ । परिवारसँगै बसेर मनोरञ्जन गरिन्छ । 

दसैँ नेपालीहरूको ठूलो पर्व भएको हुनाले हर्षोल्लासका साथ मनाइन्छ । दसैँमा रोटे पिङ, लिंगे पिङलगायत अन्य विभिन्न किसिमका खेलकुद ठाउँअनुसार आयोजना हुन्छन् । ग्रामीण परिवेशमा परापूर्वकालदेखि दसैँमा पिङ खेल्ने चलन थियो ।

दसैँमा एक दिन भुइँ छोड्नुपर्छ भन्ने प्रचलन थियो । यसर्थ, दसैँ उमंगको पर्व हो । परिवार भेटघाट गर्ने अवसर हो । यस समय अन्नबाली फलेको हुन्छ । मानिसको काम गर्ने समय सकिएको हुन्छ । त्यही कारण फुर्सदमा बसेर मानिसहरू मनोरञ्जन गर्छन् । 

मनोरञ्जनको परम्परागत माध्यम पिङ

पिङ मनोरञ्जनको पराम्परागत माध्यम हो । स्थानीय सामग्री प्रयोग गरेर मानिसहरू मिलेर गाउँघरमा लिंगे पिङ, रोटे पिङ हाल्ने र खेल्ने गरिन्थ्यो । तर, अहिले सहरी क्षेत्रमा दसैँ मेलामा मानिसहरू जमघट हुने गर्छन् । आधुनिक किसिमका मेसिनबाट चल्ने पिङमा झुम्मिन्छन् ।

युट्युबमा भिडियो, टिकटक बनाउने, घुम्न जाने, सिनेमा हेर्न हलमा जानेजस्ता कार्य दसैँमा हुन थालेका छन् । परम्परागत पिङप्रति आकर्षण कम हुनुको कारण मानिसहरूको व्यस्तता पनि हो । सहरी तथा आधुनिकीकरणको विकासले गर्दा लामो समयसम्म मान्छेलाई फुर्सद हुँदैन ।

पहिले–पहिले गाउँमा पिङ हालेपछि मात्रै दसैँ लागेजस्तो हुन्थ्यो । दशैंमा एक दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यता थियो । अहिले धेरै युवा बिदेसिएका छन् । त्यसैले पराम्परागत साधनहरू बनाउन र प्रयोग गर्न पनि कठिन भइरहेको छ । यद्यपि, हामीले गाउँघरमा यस्ता सामग्री र सीप जोगाउन आवश्यक छ । यसले हाम्रो मौलिकताको झल्को दिन्छ । 

घट्दै चंगामोह
चंगाले दसैँ आएको संकेत गर्छ । बजारमा रंगीबिरंगी चंगा बिक्रीमा राखिएका हुन्छन् । केही वर्षअघिसम्म दसैँका वेला आकाशमा ठूलो संख्यामा चंगा देखिन्थ्यो । हिजोआज ठूला–ठूला सपिङ मल तथा व्यावसायिक भवन सिँगार्न चंगाको प्रयोग भइरहेजस्तो देखिन्छ । आकाशमा चंगा उडाएर रमाउनेको संख्या घट्दो छ । 

समय परिवर्तन भयो । बच्चाहरू मोबाइलमा खेल्न र रमाउन थाले । शरद ऋतुको मौसम, निलो आकाश उपयुक्त मानिन्छ । तर, चंगा चेट गर्नेहरू खासै देखिँदैनन् । खुला स्थानको अभाव, प्रविधिको विकाससँगै कोठामै मोबाइल ल्यापटपमा विभिन्न भिडियो गेम खेल्न सकिने सुविधा, सिनेमालगायत कारणले मानिसको रुचि चंगामा घटेको हुन सक्छ । 

ad
ad