१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रोशीमा घरपालुवा जनावरलाई रेबिजविरुद्धको भ्याक्सिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:२४:oo

काभ्रेको रोशी गाउँपालिकाले चार सय ८२ वटा घरपालुवा जनावर कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएको छ । १७औँ विश्व रेबिज दिवसको अवसरमा गाउँपालिकाले सप्ताहव्यापी रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । अभियानमा चार सय ५६ वटा कुकुर र २६ वटा बिरालोलाई रेबिजविरुद्धको खोप लगाएको हो । 

रोशी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रघुनी साहका अनुसार १२ वडामा ४ सय ८२ कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइएको हो । रोशीभित्रको दुई सय ५८ घरधुरीमा घरपालुवा दुई सय ९६ र सामाजिक एक सय ७७ गरी चार सय ८२ घरपालुवा जनावरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएका साहले जानकारी दिए ।

पशु सेवा शाखाका अनुसार तीन सय २८ भाले कुकुर र १ सय २८ पोथी कुकुरलाई भ्याक्सिन लगाइएको छ । नौवटा भाले बिरालो र १७ वटा पोथी बिरालोलाई भ्याक्सिन लगाएको छ । 

ad
ad