१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँमा घरमै गर्नुस् शारीरिक अभ्यास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१२:oo

कतिपय मानिस दसैँमा अल्छी भइदिन्छन् । असन्तुलित खानपान (आवश्यकताभन्दा धेरै मासु सेवन)ले कतिपयको तौलसमेत बढ्ने गर्छ । त्यही कारण दसैँमा सन्तुलित खानपानलाई ध्यान दिनुपर्छ । त्यससँगै शारीरिक गतिविधिमा पनि आफूलाई व्यस्त राख्न जरुरी छ । त्यस्ता केही अभ्यास छन्, जो घरमै गर्न सकिन्छ । 

हिँड्ने : ३०–४५ मिनेट प्रतिदिन हिँड्दा वा दौडँदा शरीर सक्रिय रहन्छ । रक्तसञ्चार पनि राम्रो हुन्छ । त्यस्तै, दिमाग पनि फ्रेस रहन्छ । दैनिक कम्तीमा ७ देखि १० हजार पाइला हिँड्नु स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक छ । त्यस्तै, स्किपिङ, नृत्य, एरोबिक्स आदि पनि गर्न सकिन्छ । 

ब्याटल रोप : ३० देखि ५० फिट लामा र दुई इन्च चौडा दुईवटा डोरीको सहायताले यो अभ्यास गरिन्छ । कुनै खुला स्पेसमा फलामको बलियो खम्बा गाडेर त्यसमा यी डोरीलाई बाँध्न सकिन्छ । वा, घरको भित्तामा बलियो गरी किला ठोकेर पनि बाँध्न सकिन्छ ।

त्यसरी डोरीलाई दुवै हातले एकैपटक समात्ने गर्नुपर्छ र चलाउन थाल्नुपर्छ । व्यायामको समय अगाडि फर्किएर हल्का झुक्नुहोस् । तर, पछाडि फर्किएर झुक्नुहुँदैन । कुर्कुच्चामा भार नपर्ने गरी घुँडालाई मोड्नुपर्छ । 

तपाईंले २० देखि ४० सेकेन्डसम्म व्यायाम गरेपछि २० देखि अधिकतम ६० सेकेन्डसम्म आराम गर्न सक्नुहुन्छ । यसरी कसरत गर्दै र आराम गर्दै १० देखि ३० मिनेटसम्म अभ्यास गर्दा राम्रो हुन्छ ।

योग : शरीरलाई फिट राख्नका लागि तपाईंले घरमै विभिन्न योगाभ्यास पनि गर्न सक्नुहुन्छ । 
 

ad
ad