१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड कैलालीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o७:oo

समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलाली आइपुगेका छन्।

दिउँसो २ बजे धनगढीमा हुने मोर्चाको आमसभालाई प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्दलगायत समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड अहिले माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष स्वर्गीय कृष्ण बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी छन्। 

पार्टीको रूपान्तरण अभियानमा डोटीको जोरायल र बडिकेदारमा खटिएका बडुवालको गत ११ असोजमा निधन भएको थियो।

ad
ad