१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हनुमानढोकास्थित दसैँघरमा जमरा राखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१५:oo

 हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आइतबार नेपाल पञ्चांग निर्णायक विकास समितिले उपलब्ध गराएको साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिन्छ । आइतबार स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नुका साथै विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ । 

दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकालीलाई  शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा–आराधना गर्ने वैदिक परम्परा छ । भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रूपमा नवदुर्गाको पूजा गरिँदै आइएको दसैँघरका पुजारी सागर खरेलले बताए । जमरा छरेपछि व्यक्तिमा सुख, शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको उनको भनाइ थियो । 

राष्ट्रको कल्याण होस्, जनता सुख, शान्ति र समृद्धिमा रहून्, उन्नति–प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिएको पुजारी खरेलले बताए । हनुमानढोकास्थित दसैँघरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा छ । 

ad
ad