१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका ​​​​​​​पाइलटलाई भारत लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३१:oo

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारत लगिएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेको हो ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा शनिबार राति भारत लगिएको अस्पतालले जनाएको छ । ह्याम्स अस्पतालका अनुसार पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन् ।

साथै, उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

ad
ad