१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना, मनाङ एयर निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:४६:oo

पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो। तीन महिनाको अवधिमा दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो। 

‘मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन्, अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्,’ प्रवक्ता भुलले भने, ‘प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ।’

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउनेछैन। दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर आज बिहान जिल्लाको खुम्बु-पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ।
    
तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना

पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन्। दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन्। गत असार २६ गते मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो। रासस 
 

ad
ad