१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विश्वविजेता अर्जेन्टिनाको तेस्रो जित, पाराग्वे १-० ले पराजित

फिफा विश्वकप २०२६ छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १३:२९:oo

कतार विश्वकप २०२२ को च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत आफ्नो समूहको तेस्रो खेलमा जित हासिल गरेको छ । 

दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिना आफ्ना नियमित कप्तान लियोनल मेसीविना नै मैदानमा उत्रिएको थियो । 

मेसीको अनुपस्थितिमा डिफेन्डर निकोलस ओटामेन्डीले नै अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उनले खेलको तेस्रो मिनेटमै हाफ भलीमा आकर्षक गोल गरेका थिए ।

तेस्रो जितपछि अर्जेन्टिना समूहमा नाै अंकसहित शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिनासँग बराबरी गर्ने मौका रहे पनि आजै भएको अर्को खेलमा ब्राजिल बराबरीमा रोकिन पुग्यो । 

दक्षिण अमेरिकाका १० राष्ट्र छनोट प्रतियोगिता खेलिरहेका छन् । शीर्ष ६ टिम विश्वकपमा सीधै छनोट हुनेछन् । सातौँ स्थानमा रहने टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

 

ad
ad