१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका अशक्त डिएसपी र इन्स्पेक्टरको विशेष बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१८:oo

सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रूपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीको विशेष बढुवा भएको छ।  

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) अरुण ढुंगानाकाे सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र प्रहरी निरीक्षक वामदेव पण्डित (शर्मा)काे सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवा सिफारिस भएको छ। ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भई अंगभंग भएका अधिकृत हुन्। 

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव स्राेत विभागअन्तर्गत रहनेछन्। एकपटकको लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरी बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।    

सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८० स्वीकृत भएपश्चात् सो व्यवस्था कार्यान्वयनमा आएको हो।
 

ad
ad