१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘बालापन’को विशेष प्रिमियर सो असोज २८ र २९ गते दिक्तेलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:३३:oo

समाजसेवी हटमिलन राईको पहिलो चलचित्र ‘बालापन’काे यही असोज २८ र २९ गते दिक्तेलमा विशेष प्रिमियर सो हुने भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मामा जन्मिएका समाजसेवी राईले निर्माण गरेको चलचित्र ‘बालापन’ अनाथ तथा असहाय बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहयोगार्थ प्रिमियर सो गर्ने तयारी गरिएको हो।

जिल्लाका अनाथ तथा असहाय बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहयोगार्थ दिक्तेलमा विशेष प्रिमियर सो गर्ने तयारी गरिएको  निर्माता राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। 

‘यो मेरो पहिलो चलचित्र हो । पहिलो प्रस्तुतिमै दर्शकको मन जित्न सफल भएको छु भन्ने महसुस भएको छ । यो चलचित्र यही असोज १३ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र विकास बोर्डको सभाहल काठमाडौंमा उद्घाटन गर्नुभएको छ,’ उनले भने, ‘औपचारिक उद्घाटनपछि प्रिमियर सो गर्नका लागि देश तथा विदेशबाट अनुरोध आइरहेको छ। सबैभन्दा पहिले आफ्नो जिल्लामा गर्ने भनेर असोज २८ र २९ गते दिक्तेलमा विशेष प्रिमियिर सो गर्न लागिएको हो।’

सामाजिक, पारिवारिक र माया–पिरतीका कुरा समेटेर निर्माण गरिएको चलचित्र ‘बालापन’मा निर्माता राईको मुख्य भूमिका रहेको जनाइएको छ।

एक घन्टा ५७ मिनेट लामो चलचित्र ‘बालापन’मा नायक धीरेन शाक्य, नायिका प्रियंका कार्की र सोनी बिसी तथा वरिष्ठ कलाकार सुनील थापाको अभिनय रहेको निर्माता राईले जानकारी दिए। 

चलचित्र निर्देशक शिवा आर्जेले निर्देशन गरेको चलचित्र ‘बालापन’मा राष्ट्रियस्तरका कलाकारहरू सविन श्रेष्ठ, राजकुमार थापा, तिलबहादुर कार्की तथा स्थानीय कलाकारहरू (खोटाङका) प्रकाश राई, पवन चाम्लिङ, जुद्ध राई, सुरेन्द्र चाम्लिङ, आङछिरी शेर्पा, डेनी शेर्पा र निलमु शेर्पाले अभिनय गरेका छन्। काठमाडाैं र दुबईमा छायांकन गरिएको चलचित्र ‘बालापन’ रु. एक करोड ५० लाख लगानीमा निर्माण सम्पन्न भएको निर्माता राईले जानकारी दिए।  

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदर्शन गरिने चलचित्र ‘बालापन’ मध्याह्न साढे १२ बजेबाट सुरु हुने र त्यसका लागि रु. पाँच सय र रु. एक हजार, रु. दुई हजार पाँच सय र रु. पाँच हजारको टिकट व्यवस्था गरिएको स्थानीय आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्माले जानकारी दिएको छ। 

दिक्तेलमा आयोजित विशेष प्रिमियर सोमा नायक धीरेन शाक्यको समेत उपस्थिति रहने निर्माता राईले जानकारी दिए। 
 

ad
ad